१७ असार २०८३, बुधबार

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको जानकारी दिएको हो ।

यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।

डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन । यसअघि चैत २५ गते भाडा बढाइएको थियो ।