सर्लाही । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पहिलोपटक सर्लाही पुगेका छन् । सभापति थापा आज पार्टीले सर्लाही–४ स्थित धनकौल बजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका हुन् ।
सभापति थापाले मतदातालाई धन्यवाद ज्ञापन तथा पार्टीको जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले जानकारी दिए ।
थापा सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. अमरेशकुमार सिंहसँग पराजित भएका थिए ।















प्रतिक्रिया