काठमाडौं । जारी आईपीएलमा गएराति राजस्थान रोयल्स (आरआर)ले पञ्जाब किंग्सविरुद्धको खेल ६ विकेटले जितेको छ । तर खेल जिते पनि आरआरका कप्तान रियान पराग भने गम्भीर समस्यामा परेका छन् ।
खेलको क्रममा ड्रेसिङ रुममा चुरोट सेवन गरेको उनको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ । यो भिडियो सार्वजनिक भएसँगै उनी सामाजिक सञ्जालमा ट्रोलको सामना गरिरहेका छन् ।
कप्तान परागले पञ्जाबविरुद्धको खेलमा ई–चुरोट (विद्युतीय चुरोट) पिउँदै गरेको देखिएको थियो । भिडियोमा उनले धुवाँ फालिरहेको स्पष्ट देखिन्छ । यो घटना राजस्थानको ब्याटिङको १६ औं ओभरको खेलमा देखिएको थियो । योसँगै अब पराग आफ्नो कार्यको लागि गम्भीर समस्यामा पर्न सक्छन् ।
धूम्रपान गर्नु आईपीएल नियमको उल्लङ्घन भएकाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले परागविरुद्ध कडा कारबाही गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जारी आईपीएलको यस सिजमा आरआरका कप्तान परागको प्रदर्शन निराशाजनक छ । उनले यस सिजनमा अहिलेसम्म ९ खेलमा ११७ रन बनाएका छन् । परागले आफ्नो ब्याटिङका कारण पनि सामाजिक सञ्जालमा ट्रोलको सामना गरिरहेका छन् ।







प्रतिक्रिया