१५ असार २०८३, सोमबार

कर्णाली प्रदेशसभा सचिव खड्काद्धारा पदभार ग्रहण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनबहादुर खड्का नियुक्त भएका छन् । नवनियुक्त सचिव खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार प्रदेशसभा सचिव नियुक्त भएका खड्कालाई कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पद तथा गोपनियताको शपथ गराइन् । सचिव खड्काले पदभार मंगलबार नै पदभार ग्रहण गरेका हुन् ।

सचिव खड्काको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री यामलाल कँडेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नवनियुक्त सचिव खड्का ‎नेपाल सरकारका पूर्वसहसचिव हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९, का खड्काले संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिव भएर काम गरेका थिए । खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।

नवनियुक्त सचिव खड्कालाई मुख्यमन्त्री कँडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रदेशसभा सचिवालयका कर्मचारीहरुले खड्कालाई स्वागत गरेका छन् ।

कर्णाली प्रदेश सभाका तत्कालीन सचिव जीवराज बुढाथोकीले ६५ वर्ष उमेर पुगेसँगै चैत २५ गते राजीनामा दिएका थिए ।