काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले नेपाली सेना र नेपाल प्रहरीलाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले सेना र प्रहरी लगत माग्ने निकाय नभएको स्पष्ट पार्दै पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् ।
‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनू होला ! सुकुमबासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी ! यो सरासर गलत छ ! आतंक सृजना गर्न खोजिएको हो !’ अध्यक्ष साम्पाङले फेसबुकमा लेखेका छन् ।









प्रतिक्रिया