२९ आश्विन २०८३, बिहिबार

विश्वकप लिग–२ : नेपाल र ओमान भिड्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराइसकेको छ । आज पनि ओमानविरुद्धको खेलमा जितको यात्रा कायम राख्ने प्रयास नेपाल रहेको छ ।

लिग–२ मा नेपालले २१ खेलमा १४ अंक बनाएको छ । ओमान भने २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।