१५ असार २०८३, सोमबार

फरार कैदी रुपन्देहीबाट पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए ।

पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।