२९ आश्विन २०८३, बिहिबार

‘झिंगेदाउ २’को प्रदर्शन मिति घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिंगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने भएको हो ।

यसअघि दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिए पनि त्यो मितिमा सिनेमा चलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज २ रोजिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । मंगलबार सार्वजनिक पोस्टरमा अभिनेत्रीद्धय केकी अधिकारी र आँचल शर्मा र अभिनेताद्धय महेश त्रिपाठी र कुशल विष्ट क्यारेक्टर लुक्समा प्रस्तुत छन् । जसले दर्शकमाझ सिनेमाप्रति कौतुहल्ता जगाउने अपेक्षा निर्माण टिमको छ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने सिनेमाको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । अहिले धमाधम डविङ भइरहेको सिनेमाको काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनमा छायांकन गरिएको थियो ।