१७ असार २०८३, बुधबार

चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आज उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एक इजलासले बैशाख २२ गतेसम्मका लागि प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलार्य अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलनका आधारमा मिति २०८३/१/२२ गतेसम्म सार्वजनिक रुपमा लालीबजार नाकम चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

वादी समूदायप्रति अपमानजनक शब्द प्रयोग गरिएको भन्दै चलचित्रको प्रदर्शन रोक्न माग गर्दै सोमबार बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन्। चलचित्र यही वैशाख १८ गते प्रदर्शनमा आउने तय भएको थियो ।