१५ असार २०८३, सोमबार

चालु आवको ९ महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक, अन्यले कति कमाए ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा वाणिज्य बैंकहरूको नाफामा सुधार देखिएको छ।

सार्वजनिक तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकिङ क्षेत्रले चैत मसान्तसम्म झण्डै ४६ अर्ब रुपैयाँभन्दा बढी मुनाफा कमाएको हो । जुन अघिल्लो वर्षको यही अवधिभन्दा करिब १६ प्रतिशतले बढी हो।

यस अवधिमा नबिल बैंक नाफाको हिसाबले अग्रस्थानमा रहेको छ। बैंकले करिब ६ अर्ब ७६ करोड रुपैयाँ कमाउँदै आफ्नो अग्रता कायम राखेको छ, जसमा उल्लेख्य वृद्धि पनि देखिएको छ।

दोस्रो स्थानमा न्ग्लोबल आईएमई बैंक रहेको छ, जसले करिब ४ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको छ। यद्यपि यसको मुनाफा अघिल्लो वर्षको तुलनामा केही घटेको देखिन्छ।

नाफा वृद्धिदरका आधारमा भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ, जसको मुनाफा अत्यधिक प्रतिशतले बढेको छ। त्यस्तै हिमालयन बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकले पनि उल्लेख्य सुधार देखाएका छन्।

तर सबै बैंकको प्रदर्शन समान छैन। प्रभु बैंकको नाफामा सबैभन्दा ठूलो गिरावट आएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र एनआईसी एसिया बैंकको नाफा पनि घटेको छ।

कुल २० बैंकमध्ये १३ वटाले नाफा बढाउँदा ७ वटाले घटाएको देखिन्छ।