२२ असार २०८३, सोमबार

आगामी रणनीति तय गर्न पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दैछ ।

काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।

बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

बैठकमा पार्टीभित्रको आगामी भूमिका, नेतृत्वको रणनीति तथा समूहको साझा धारणा निर्माणमा केन्द्रित भएर छलफल हुने बताइएको छ ।