२९ आश्विन २०८३, बिहिबार

मध्यपूर्व तनाव : रुसी राष्ट्रपतिसँगको भेटवार्तापछि फेरि पाकिस्तान पुगे इरानी विदेशमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघची रुस भ्रमण पूरा गरेर मंगलबार इस्लामाबाद पुगेका छन् । यो उनको पछिल्लो ४८ घण्टामा पाकिस्तानको तेस्रो भ्रमण हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, रुस भ्रमणमा उनले मध्यपूर्वमा जारी तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब डेढ घण्टा कुराकानी गरेका थिए ।

तीन इरानी अधिकारीहरूले न्यूयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार, इरानले अमेरिकालाई शान्ति वार्ताको लागि नयाँ प्रस्ताव राखेको छ । प्रस्तावमा पहिले होर्मुजको जलडमरूम खोल्ने र अमेरिकाले इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने उल्लेख छ । त्यसपछि मात्रै आणविक मुद्दामा छलफल गरिनुपर्छ ।

रिपोर्टका अनुसार, इरानी विदेशमन्त्री अराघचीले आइतबार पाकिस्तानलाई उक्त योजना प्रस्तुत गरेका थिए । अमेरिकाले हालसम्म उक्त प्रस्तावको जवाफ दिएको छैन ।

पछिल्लो केही सातादेखि पाकिस्तान मध्यस्थतामार्फत इरान र अमेरिकाबीच प्रस्तावहरू आदानप्रदान भइरहेका छ, तर आणविक कार्यक्रमसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

अमेरिकाले इरानलाई २० वर्षसम्म आफ्नो आणविक कार्यक्रम रोक्न र इरानसँग भएको समृद्ध युरेनियम हस्तान्तरण गर्न माग गरेको थियो । इरानले ती मागहरूलाई अनुचित भन्दै अस्वीकार गर्दै आएको छ ।