काठमाडौं । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि सहज र आकर्षक शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरेको छ ।
बैंकका डिजिटल बैंकिङ प्रमुख भावुक तण्डुकारका अनुसार यस सहकार्यअन्तर्गत बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरुमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा उपभोग गर्न सक्नेछन् । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यपटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण लगायत खरिद गर्दा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

यस पहलले उच्च मूल्यका सामाग्रीहरुलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकहरुलाई बिना ब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया