काठमाडौं । ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सिरहाको लहान नगरपालिका–९ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बसोबास गर्दै आएका ३० वर्षिय स्वदेश पोखरेल र नुवाकोटको ककनी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४५ वर्षिय प्रकाश ढुंगानालाई पक्राउ गरेको हो ।
यही प्रकरणमा राप्रपाका नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डेसहित सात जना यसअघि नै पक्राउ परिसकेका छन् ।








प्रतिक्रिया