हेटौँडा । मकवानपुरकै ठूलो सहकारी मध्ये हेटौँडामा रहेको हेटौँडा बचत तथा ऋण सहकारीमा कार्यरत कायममुकायम व्यवस्थापक कार्यालयकै बन्द कोठाभित्र गम्भीर अवस्थामा भेटिएकी छन्। ढोका तोडेर उद्धार गरिएकी उनलाई सुरुमा स्थानीय अस्पताल र त्यसपछि थप उपचारका लागि चितवन लगिएको छ।
परिवारले सहकारीका केही पदाधिकारीबाट निरन्तर मानसिक दबाब, दुर्व्यवहार र धम्की दिइएको आरोप लगाउँदै ७ जनाविरुद्ध प्रहरीमा उजुरी दिएको छ। सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीविरुद्ध उजुरी परेको हो ।
घटनास्थलबाट ‘अलबिदा’ लेखिएको बहुपृष्ठीय नोटसमेत भेटिएको बताइएको छ । जसमा उनले आफूले भोगेका समस्या उल्लेख गरेको दाबी गरिएको छ।
यता सहकारी पक्षले भने आरोप अस्वीकार गर्दै आन्तरिक जिम्मेवारी र काम बाँडफाँटसम्बन्धी विवादका कारण समस्या उत्पन्न भएको जनाएको छ। प्रहरीका अनुसार पीडितको स्वास्थ्य अवस्था सुधार भएपछि दुवै पक्षलाई राखेर थप प्रक्रिया अघि बढाइनेछ।








प्रतिक्रिया