१५ असार २०८३, सोमबार

राष्ट्रपति ट्रम्प सुरक्षित रहेको खबर थाहा पाउँदा राहत महसुस भयो : मोदी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टन डीसीको एक होटलमा हालै भएको सुरक्षा घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला र उपराष्ट्रपति सुरक्षित रहेको खबर थाहा पाउँदा आफूले राहत महसुस गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मोदीले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गरेका छन् । आफ्नो सन्देशमा मोदीले कुनै पनि लोकतन्त्रमा हिंसाको कुनै स्थान नभएको र यस्ता घटनाहरूको कडा निन्दा गरिनुपर्ने पनि बताए ।

शनिबार राति वासिङ्टन डीसीमा ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोज कार्यक्रममा होटल बाहिर गोली चलेको थियो । उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स लगायत धेरै वरिष्ठ अधिकारीहरू सहभागी थिए ।