काठमाडौं । आम आदमी पार्टी (आप) त्यागेर भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका युवा नेता राघव चड्ढाको लोकप्रियतामा ठूलो धक्का लागेको छ । उनको सामाजिक सञ्जाल फलोअर्समा उल्लेखनीय गिरावट आएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार, चड्ढाको इन्स्टाग्राम फलोअर्स पहिले १ करोड ४६ लाख थियो, अहिले १ करोड ३४ लाखमा झरेको छ । अर्थात २४ घण्टामा १२ लाखभन्दा बढी फलोअर्सले उनलाई अनफलो गरे । शुक्रबार आम आदमी पार्टी छोडेर भाजपा प्रवेश गरेपछि केही युवा समूहले उनलाई अनफल गर्ने अभियान नै चलाएका थिए ।
राज्यसभा सांसद समेत रहेका चड्ढा युवाहरूमाझ धेरै लोकप्रिय थिए । उनले संसदमा रिचार्ज नहुने मोबाइल फोनको लागि निःशुल्क आगमन कल, पितृत्व बिदा र सस्तो विमानस्थल खाना जस्ता मुद्दाहरू उठाएर चर्चामा आएका थिए ।








प्रतिक्रिया