१६ असार २०८३, मंगलबार

अमेरिकालाई इरानको चेतावनी– नाकाबन्दी जारी रहे उचित जवाफ दिनेछौँ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले आफ्नो बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहे उचित जवाफ दिने चेतावनी दिएको छ ।

इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले देशको सेना पहिलेभन्दा बढी बलियो र तयार रहेको र आफ्नो सार्वभौमसत्ता, क्षेत्र र राष्ट्रिय हितको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको बताएको हो ।

सैन्य कमाण्डका अनुसार यो लादिएको युद्धको समयमा इरानले आफ्नो शक्ति र आक्रामक क्षमता प्रदर्शन गरेको छ ।

इरानले होर्मुजको जलडमरूम क्षेत्रमा शत्रु गतिविधिहरूको निगरानी गरिरहेको र रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुजलाई नियन्त्रण गरिरहेको पनि जनाएको छ ।