दोलखा । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ । मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् । पछिल्लो समय हिमशृङ्खलाको मनोरम दृश्यसँगै धार्मिक आस्था र पर्यटनको संगमस्थल बनेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति पनि बाक्लिएको छ ।
तस्वीरहरु : पार्वती भण्डारी









प्रतिक्रिया