१७ असार २०८३, बुधबार

‘मेरो कोही छ’मा मोडल अश्मी थापा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोडलिङ क्षेत्रमा सफल बन्दै गरेकी अश्मी थापा अभिनित नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

मोडल थापा र समीर सुवेदी अभिनित प्रेमिल गीत ‘मेरो कोही छ’ बजारमा आएको हो । पूजा ठकुरीले निर्देशन गरेको रोमान्टिक गीतमा उनीहरुलाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

गायिका गीता पाण्डे र गायक सविन सुवेदीको स्वर रहेको गीतमा शब्द र संगीत संगीतकार दीपक शर्माको रहेको छ ।

गायिका पाण्डेको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ । नरेन्द्र वियोगीले यसको मिक्सिङ र मास्टरिङ गरेका छन् ।

करण चैसिरले छायांकन गरेको भिडिओलाई विनोद बमले सम्पादन गरेका हुन् ।