४ श्रावण २०८३, सोमबार

रविलाई हर्कको प्रश्न– सुकुम्बासी बस्ती भत्काउने निर्णय रास्वपा कै हो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि उक्त निर्णय सत्तारुढ रास्वपा कै हो ? भनेर सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले लामिछानेलाई निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर ‘चुपचाप घण्टीमा छाप’ भन्दै भोट मागेको स्मरण गराए ।

‘रविजी… तपाईंको रास्वपाको निर्णय हो त सुकुम्बासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा,’ साम्पाङले भने ।

प्रधानमन्त्री बालेन्द्र साहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री साहको निर्देशनसँगै प्रहरीले बिहीबार साँझबाट बस्ती खाली गर्न सुकुम्बासी बस्तीमा माइकिङ गरिरहेको छ ।