१७ असार २०८३, बुधबार

नेपाल टेलिकमले ल्यायो समर अफर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको हो ।

टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ । अब सबै प्याकेजहरु ३० दिनका हुनेछन् ।

त्यसैगरी, भ्वाइस प्याकअन्तर्गत ३० दिनको प्याकेजहरु अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधासहित उपलब्ध हुनेछन् ।

त्यसैगरी, विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । धेरैको रोजाइमा परेको सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको छ । यसअन्तर्गत ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

त्यसैगरी, ७९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

डाटा प्याकअन्तर्गत ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ । ५९९ रुपैयाँमा २ जीबी प्रतिदिन र ३४९ रुपैयाँमा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ ।

अनलिमिटेड प्याकेजअन्तर्गत २५ रुपैयाँमा १ घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुनेछ । यसै अनुसार अन्य प्याकेजका साथै नाइट र कम्बो प्याकेज समेत उपलब्ध छन् । भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् ।

त्यसैगरी, बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।

समर अफर २०८३ भोलि वैशाख ११ देखि लागू हुनेछ । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरुसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।