२ श्रावण २०८३, शनिबार

अहिलेको परिस्थितिमा होर्मुज जलमार्ग खुल्दैन : इरान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले हालको परिस्थितिमा होर्मुजको जलमार्ग नखोलिने बताएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले युद्धविराम उल्लङ्घनका बीचमा यो सम्भव नभएको बताएका हुन् ।

गालिबाफले अमेरिकी नाकाबन्दीले इरानी बन्दरगाहहरूलाई लक्षित गरेको र यसले विश्व अर्थतन्त्रलाई बन्धक बनाएको आरोप लगाए । उनले नाकाबन्दी अन्त्य भएपछि मात्र पूर्ण युद्धविराम सम्भव हुने बताए ।

यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँगको वार्ता र सम्झौतालाई इरानले समर्थन गरेको र जारी राख्ने बताएका छन् । तर वास्तविक संवादका लागि सबैभन्दा ठूला बाधाहरू विश्वासको कमी, घेराबन्दी र निरन्तर धम्की रहेको उनले बताए ।

पेजेश्कियानले इरान वार्ताको लागि तयार रहेको संकेत गर्दै इमानदार वातावरण र पारस्परिक सम्मान आवश्यक रहेको उल्लेख गरेका छन् ।