काठमाडौं । जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
नेशनल लाइफले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो, छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थ्योपचार सेवा उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो, छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधासहित सहुलियत दरमा स्वास्थोपचार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ । दुवै संस्थाले यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने विश्वास व्यक्त गरेको छ ।








प्रतिक्रिया