काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आर्थिक अवस्था द्रुत गतिमा बिग्रँदै गएको दाबी दोहोर्याएर छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले इरानको आर्थिक रूपमा ध्वस्त हुँदै गएको दाबी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले इरानको पैसा सकिन लागेको र नगदको अभावमा उसले तुरुन्तै होर्मुज जलडमरू खोल्न चाहेको उल्लेख गरे । उनले नाकाबन्दीका कारण इरानलाई दैनिक लगभग ५०० मिलियन डलर नोक्सान भइरहेको बताए ।
ट्रम्पले इरानको सेना र प्रहरीले समयमै तलब नपाएको र देशभित्र आर्थिक दबाब बढिरहेको दाबी पनि गरे ।









प्रतिक्रिया