१७ असार २०८३, बुधबार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी राख्न निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य हमला स्थगित गर्दै युद्धविराम लम्ब्याउने निर्णय गरेका छन् । उनले यो निर्णय पाकिस्तानका सेना प्रमुख र प्रधानमन्त्रीको अनुरोधमा गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानी सरकार हाल गहिरो रूपमा विभाजित र अमेरिकाले इरानका नेताहरूलाई समाधान तयार गर्ने मौका दिन आक्रमण रोकेको बताए ।

राष्ट्रपति  ट्रम्पले अमेरिकी सेनालाई इरानमाथिको नाकाबन्दी जारी राख्न र कुनै पनि परिस्थितिको लागि तयार रहन निर्देशन दिएका छन् । यसको अर्थ सैन्य दबाब जारी रहनेछ, तर तत्काल प्रत्यक्ष कारबाही गरिने छैन ।

ट्रम्पले इरानले समाधान प्रस्ताव नगरेसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम कायम रहने र त्यसपछि मात्र थप कारबाहीको बारेमा निर्णय लिइने बताए ।