१८ असार २०८३, बिहिबार

यूएईलाई ८ विकेटले हराउँदै नेपालले गर्‍यो सिरिजमा बराबरी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले दुई खेलको टी–२० आई सिरिजमा बराबरी गरेको छ ।

आज भएको दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै सिरिज बराबरी गरेको हो। यसअघि सोमबार नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल ५७ बलमा ८४ रन बनाएर अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरी १७ बलमा २३ रन बनाएर अविजित रहे । ओपनर कुशल मल्ल १९ बल र सन्तोष यादव १ रन जोडेर आउट भए । बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एकएक विकेट लिए ।

टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोडेको थियो।