२१ असार २०८३, आइतबार

गछिया युवा समाजले जित्यो इटहरी गोल्डकपको उपाधि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रिकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।

गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यान अफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।

प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गर्‍यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।

प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्ड र घोषित भए । गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । राष्ट्रिय जागृती क्लबका युजन राई उदयमान खेलाडी बने । उनले ३२ इन्चको एलइडी टिभी पुरस्कार पाए ।

अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसँग उपाधि भिडन्त पक्का गरेको थियो । पहिलो सेमिफाइनलमा गछियाले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

गछियाले क्वाटर फाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो । राष्ट्रिय जागृती क्लबले आयोजना गरेको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता चैत्र ३० गतेदेखि सुरु भएको थियो ।