काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विचौलिया दीपक भट्टबीच सेयर तथा व्यावसायीक सम्बन्ध खुलेपछि उनीहरूबीच लामो समयदेखि नजिकको सम्बन्ध रहेको पुष्टि भएको छ ।
गुरुङ संस्थापक संयोजक रहेको ‘हामी नेपाल’ संस्थाले सन् २०२१ मा भट्टलाई सम्मान गरेको तथ्य समेत बाहिर आएपछि उनीहरुबीच लामो समयदेखि व्यवसायीक सम्बन्ध रहेको खुलेको हो । उक्त कार्यक्रममा गुरुङ र बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले भट्टलाई कदरपत्रसहित सम्मान गरेको तस्वीर फेला परेको हो ।

तस्वीरमा खैरो ज्याकेट लगाएर उभिँदै माइक समातेर बोल्ने व्यक्ति उनै दीपक हुन् । सोफामा मास्क लगाएर सुधनसँगै बसेको अर्को तस्वीर पनि छ ।

गुरुङ र भट्टको तस्वीरहरुलाई लिएर स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाख रुपैयाँ बराबरको ‘निःशुल्क’ सेयर सोही सम्मानसँग जोडिएको होकी भन्ने प्रश्न उठ्न थालेको छ ।
भदौको जेनजी आन्दोलन ‘हाइज्याक’ गरेको आरोप लागेदेखि चर्चामा आएका गुरुङले गृहमन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन, नगदका साथै हदबन्दीभन्दा बढी जमिन देखिँदा र स्रोतबारे प्रश्न उठेपछि उनको तीव्र आलोचना भइरहेको छ ।
यसैबीच, गृहमन्त्री गुरुङ संस्थापक रहेको ‘हामी नेपाल’को वेवसाइट बन्द भएको छ ।









प्रतिक्रिया