७ असार २०८३, आइतबार

चीनबाट आउँदै गरेको इरानी जहाज अमेरिकाको कब्जामा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी नौसेनाले एक इरानी कार्गो जहाजलाई कब्जा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुष्टि गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले दिएको जानकारी अनुसार होर्मुजको जलडमरूम नजिकै अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गर्दा जहाजलाई नियन्त्रणमा लिइएको हो । उनले जहाजले अमेरिकी चेतावनीलाई बेवास्ता गरेपछि त्यसलाई रोकेको उल्लेख गरेका छन् ।

‘जहाज हाल हाम्रो नियन्त्रणमा छ । हामीले यसलाई पूर्ण रूपमा नियन्त्रणमा राखेका छौँ र भित्र के छ भनेर अनुसन्धान गरिरहेका छौँ ।’ ट्रम्पले लेखेका छन् ।

यो घटनाले मध्यपूर्वमा थप तनाव बढाएको छ ।

इरानले अमेरिकालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ ।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार जहाज चीनबाट इरान आउँदै थियो । इरानले यो घटनालाई डकैतीको रूपमा निन्दा गरेको छ र चाँडै कडा प्रतिक्रिया दिने वाचा गरेको छ ।