१ श्रावण २०८३, शुक्रबार

टी–२० आई सिरिज : दीपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी–२० आई सिरिज खेल्दैछ ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । जसमा ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

सिरिजको दोस्रो खेल भोलि हुनेछ । नेपालले पहिलोपटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ ।

पहिलोपटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् ।

यो शृंखला इतिहासमै पहिलोपटक ‘फ्लडलाइट’मा हुँदैछ ।