२७ असार २०८३, शनिबार

गृहमन्त्री सुधन र बिचौलिया दीपक भट्टबीच व्यवसायिक सम्बन्ध रहेको खुलासा !

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका क्रममा सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र गृहमन्त्री सुधन गुरुङबीच व्यावसायिक साझेदारी रहेको तथ्य खुलेको छ। विभिन्न बिमा कम्पनीमा भएको कथित ठगी प्रकरणको छानबिनका दौरान उनीहरू एउटै कम्पनीमार्फत जोडिएको प्रमाण फेला परेको हो।

अनुसन्धानका क्रममा ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’मा दुवै पक्षको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता देखिएको छ। कम्पनीको दर्ता विवरण अनुसार सञ्चालक सूचीमा दीपक भट्टसँग सम्बन्धित इन्फिनिटी होल्डिङ्सको तर्फबाट प्रतिनिधि कर्मचारी प्रजुनी बज्राचार्यको नाम समावेश छ।

त्यस्तै, सोही कम्पनीमा गृहमन्त्री सुधन गुरुङको नाम पनि शेयरधनीका रूपमा उल्लेख भएको देखिन्छ। उपलब्ध विवरणअनुसार उनले २५ हजार कित्ता शेयर लिएको उल्लेख छ। उनको ठेगाना गोर्खा चुमनुब्री गाउँपालिका–२ रहेको र नागरिकता नम्बर समेत अभिलेखमा समावेश गरिएको छ।

यस घटनाले अनुसन्धानलाई थप संवेदनशील बनाएको छ भने उच्च तहसम्म सम्बन्ध जोडिएको संकेत देखिएको छ। अहिले सम्बन्धित निकायले थप तथ्य संकलन तथा प्रमाण प्रमाणीकरणको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।