१५ असार २०८३, सोमबार

रास्वपा सचिवालय बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालयको बैठक बोलाएको छ ।

पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बोलाएका हुन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन लगायत सम्बन्धमा, विज्ञहरू, योजनाका लगायत विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।