७ श्रावण २०८३, बिहिबार

इरानको दाबी– होर्मुजमाथि हाम्रो पूर्ण नियन्त्रण छ, युद्धविराम उल्लंघन स्वीकार्य छैन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले हर्मुजको जलडमरूममाथि आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले यस्तो बताएका हुन् ।

गालिबाफले इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दीलाई लापरवाही र गलत निर्णय भने । उनले युद्धविराम उल्लंघन स्वीकार्य नरहेको बताए । साथै, गालिबाफले इरान कूटनीतिक बाटो अपनाउन तयार रहेको बताउँदै यो कमजोरीको संकेत होइन भनेका छन् ।

उनले अमेरिकासँग स्रोतसाधन र हतियार भएको तर रणनीतिक रूपमा इरानको अगाडि कमजोर रहेको टिप्पणी गरे ।

इरानले अमेरिकामाथि विश्वास नगर्ने र कुनै पनि बेला स्थिति बिग्रन सक्ने भन्दै आफ्नो सेना तयार रहेको बताएको छ ।