काठमाडौं । जारी भारतीय प्रिमियर लिग (आईपीएल) क्रिकेटको आजको पहिलो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई ६ विकेटले पराजित गरेको छ ।
दिल्लीलाई अन्तिम ओभरमा १५ रन चाहिएको थियो । डेभिड मिलरले एक बल बाँकी रहँदा लगातार दुई छक्का र एक चौका प्रहार गर्दै जित दिलाए ।
टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा दिल्लीले १९.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
तेस्रो जितसँगै दिल्ली अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ भने आरसीबी ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।








प्रतिक्रिया