काठमाडौं । इरानले फेरि हर्मुजको जलडमरूम बन्द गरेको छ । इरानले शुक्रबार खोलेको समुद्री जलमार्गमा फेरि प्रतिबन्ध लगाएको हो ।
इरानी सेनाले समुद्री मार्गमा कडा निगरानी पुनः सुरु गरिएको बताएको छ ।
इरानको सैन्य कमाण्डले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानी बन्दरगाहहरू पार गर्ने र छोड्ने जहाजहरूमा आफ्नो नौसेना नाकाबन्दी जारी राखेर आफ्नो वाचा तोडेको जनाएको छ ।
‘संयुक्त राज्य अमेरिकाले इरान जाने र आउने सबै जहाजहरूको लागि आवतजावतको स्वतन्त्रता पुनर्स्थापित नगरेसम्म होर्मुज जलडमरूको अवस्था पूर्ण नियन्त्रणमा रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
लेबनानमा हिजबुल्लाह र इजरायलबीच युद्धविराम भएपछि इरानले शुक्रबार होर्मुज जलडमरूम खोल्ने घोषणा गरेको थियो ।








प्रतिक्रिया