१ श्रावण २०८३, शुक्रबार

‘नाँच्छु रोधी घरैमा’मा राजेश र करिश्मा 

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’को भिडियोमा मोडलिङ गरेका छन् ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको यो गीतमा प्रतीक्षा गुरुङको स्वर, एकनारायण भण्डारीको रचना र दीपक शर्माको संगीत रहेको छ । भिडियोमा खिमबहादुर थापा निर्माता रहेका छन् ।

यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जनमाथि भिडियो निर्देशन गरिसकेका छन् ।