१० श्रावण २०८३, आइतबार

पेट्रोलियम पदार्थको मूल्य घटाउन उज्यालो नेपाल पार्टीको माग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य मूल्य घटाउन सरकारसँग माग गरेको छ ।

पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाउन सरकारसँग माग गरेको हो ।

पार्टीले नेपाल र भारतबीचको मूल्यअन्तर कम गर्न विशेष संयन्त्र बनाउन माग गरेको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न संयुक्त अनुगमन अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

विद्युतीय सवारी र विद्युतीय चुलोको प्रयोगमा विशेष सहुलियत दिई इन्धन निर्भरता गरिदिन सरकारलाई आग्रह गरेको छ । पार्टीले नेपाल आयल निगमको वास्तविक लागत र कर संरचनामा पूर्ण पारदर्शिता कायम गर्न पनि माग गरेको छ ।