२३ असार २०८३, मंगलबार

इरानी सभामुखको आरोप– ट्रम्पले १ घण्टामा ७ वटा झूट बोले

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक घण्टामा सात वटा झूटा दाबी गरेको आरोप लगाएका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले ट्रम्पले गरेका दाबीहरूले न त अमेरिका युद्ध जित्न सक्छ न त वार्तामा फाइदा नै पुर्‍याउन सक्ने टिप्पणी गरेका हुन् ।

ट्रम्पले इरानले हर्मुजको जलडमरूम कहिल्यै बन्द नगर्ने कुरामा सहमति जनाएको र इरानले अमेरिकासँगको सहकार्यमा आफ्नो समृद्ध युरेनियम निर्यात गर्ने दाबी गरेका थिए ।

सभामुख गालिबाफले मिडियामार्फत मानिसहरूलाई प्रभाव पार्ने प्रयास भइरहेको तर इरानी जनता त्यसबाट प्रभावित नहुने बताए ।

‘जलडमरूम खुला छ वा बन्द छ र यसलाई नियन्त्रण गर्ने नियमहरू सामाजिक सञ्जालले होइन, क्षेत्रले निर्धारण गर्नेछ ।’ उनले लेखेका छन्, ‘मिडिया युद्ध र जनमतलाई इन्जिनियरिङ गर्नु युद्धको एक महत्त्वपूर्ण भाग हो, र इरानी राष्ट्र यी चालहरूबाट प्रभावित हुँदैन ।’