काठमाडौं । पशुपति क्षेत्रलाई नेपाली सभ्यता, संस्कृति र अध्यात्मको एक जीवन्त सङ्ग्रहालय मानिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्र केवल हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मात्र नभई, कला र वास्तुकलाको अनुपम नमुना पनि हो । यहाँ दैनिक हजारौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरूको आगमन हुन्छ । बागमतीको कञ्चन लहर (आशातित), ढुङ्गाले छापिएका आँगन, र प्राचीन मन्दिरहरूले यहाँको गौरवमय इतिहासलाई आज पनि जीवन्त राखिरहेका छन् ।
तस्वीरहरुः सक्षम घिमिरे









प्रतिक्रिया