१९ असार २०८३, शुक्रबार

पाटन दरबार क्षेत्र ऐतिहासिक सम्पदा र पर्यटनको केन्द्र (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सक्षम घिमिरे

ललितपुर । ललितपुर जिल्लामा अवस्थित पाटन दरबार क्षेत्र नेपालको एक महत्त्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो । पाटन दरबार क्षेत्रभित्र रहेका मन्दिर, दरबार र मूर्तिहरूले यहाँको समृद्ध इतिहासलाई झल्काउँछन् । विशेषगरी कृष्ण मन्दिर, भीमसेन मन्दिर लगायतका धार्मिक स्थलहरू पर्यटकहरूको मुख्य आकर्षण बनेका छन् ।

हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू पाटन दरबार क्षेत्र घुम्न आउने गर्दछन् । यहाँको सांस्कृतिक वातावरण, परम्परागत कला र ऐतिहासिक महत्वका कारण यो क्षेत्र विश्वभर चर्चित छ ।