काठमाडौं । भारतले इजरायल र लेबनानबीचको युद्धविरामको स्वागत गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै युद्धविरामको स्वागत गरिएको जानकारी गराएका हुन् । उनले शान्तितर्फको हरेक कदमलाई भारतले समर्थन गर्ने बताए ।
‘हामी युद्धविरामको स्वागत गर्दछौँ । हामी शान्तितर्फ डोऱ्याउने हरेक कदमको स्वागत गर्दछौँ’ जयसवालले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र लेबनानबीच युद्धविराम भएको घोषणा गरेका थिए ।








प्रतिक्रिया