२९ असार २०८३, सोमबार

ललितपुर महानगरलाई ११ थान फोटोन इभी हस्तान्तरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले दिगो शहरी पूर्वाधारतर्फको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कस्टमाइज गरिएका फोटोन टीएम१ इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो पटक हो । यसले व्यावसायिक इभीहरूले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो हस्तान्तरण केवल फ्लीट ह्याण्डओभर मात्र नभई, शहरको वास्तविक आवश्यकतालाई ध्यानमा राखी मौलिक उपायहरू विकास गर्ने फोटोनको क्षमताको बलियो उदाहरण पनि हो ।  ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका टीएम१ गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू होइनन् । यी प्रत्येक गाडी शहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन् । यसले नेपालभरी संस्थागत आवश्यकता अनुसार फोटोनका व्यावसायिक इभी सोलुसन्स विकास गर्ने एमएडब्लू वृद्धिको बढ्दो दक्षतालाई पनि प्रतिबिम्बित गर्दछ ।

फोटोन टीएम१ को प्रभाव दैनिक कार्य सञ्चालनमै देखिन थालेको छ । ललितपुर महानगरपालिकाले फोहोर संकलन टोलीलाई थप प्रभावकारी बनाउँदै तीन जनाबाट दुई जनाको दक्ष टोलीमा घटाउन सफल भएको छ, जुन यस गाडीको सहज र उपयोगी डिजाइनको प्रत्यक्ष नतिजा हो । साथै, यसले लैङ्गिक समावेशी रोजगारीलाई प्रोत्साहन गर्दै फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूका लागि अर्थपूर्ण अवसरहरू सिर्जना गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, ‘हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदुषण एकदम निषेध छ । यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ । यस्तो इभी पाउन सकिएला त ? हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय यही थियो । र, फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ । साँच्चै भन्नुपर्दा, हामी अत्यन्तै खुसी छौँ ।’

एमएडब्लू वृद्धी कमर्शियल भेहिकल प्रालिका सीईओ अनिल बरालले भने, ‘पहिलोपटक इभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा हामी प्रभावित भएका थियौँ । र, आज यही कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुसी लागेको छ । नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान बनाएको ललितपुर महानगरपालिकालाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौँ, र हामीलाई विश्वास गर्नुभएकोमा उहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ । फोटोनका लागि यो केवल सुरुवात मात्र हो । उन्नत विद्युतीय सवारीसाधन र देशभर विस्तार हुँदै गएको इभी चार्जिङ पूर्वाधारहरू मार्फत् स्वच्छ र प्रदुषणमुक्त नेपाल निर्माणमा योगदान गर्न हामी सधैं प्रतिबद्ध छौँ ।’

एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू र १७१ भन्दा बढी सीसीएस २ डीसी फास्ट चार्जिङ स्टेसनहरूको सञ्जाल रहेको छ । योसँगै फोटोनको इभी इकोसिस्टम नगरपालिका तथा स्थानीय तहमा ठूलो स्तरमा सञ्चालन गर्न पूर्ण रूपमा सक्षम रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ललितपुरमा सुरु भएको यो पहलले इलेक्ट्रिक कमर्सियल ईभी केवल भविष्यको सपना नभई, आजै प्रयोग गर्न सकिने व्यवहारिक उपाय भएको सशक्त उदाहरण प्रस्तुत गरेको छ ।