५ श्रावण २०८३, मंगलबार

‘महाराजाधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजाधिराज’मा ‘महारानी’ भित्रिएकी छन् ।

चलचित्र ‘महाराजाधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् ।

‘महाराजाधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,’ ‘महाराजाधिराज’का प्रस्तुतिकर्ता विराज विष्टले भनेका छन् ।

तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजाधिराज’मा अनुबन्ध भएकी हुन् । केकीको प्रवेशसँगै यो सिनेमा थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ ।

केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो ।

लामो समयदेखि ‘महाराजाधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम र पोस्टर सार्वजनिक गरेको थियो ।

पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औँला काटेर रगतको औँठा छाप लगाएका थिए ।

‘महाराजाधिराज’को पोस्टरले थ्रिलर वा ‘पिरियड’ ड्रामाको झल्को दिएको छ । यही वैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको लाइन अप निर्देशक परिच्छेद सेनले निकै बलियो बनाएका छन् ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, केकी अधिकारी, वर्षा राउत, उषा रजक, हिउँ बाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् । निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजाधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजाधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।

‘महाराजाधिराज’का प्रस्तुतिकर्ता बिराज विष्टले कलाकारको बलियो लानअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे । चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नवराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजाधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

निर्माण टिमका अनुसार ‘महाराजाधिराज’लाई आगामी बडादसैँको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।