काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ ।
परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको संस्थाका लागि बैंकका सर्कल हेड नारायणगढका रामकृष्ण काफ्लेले आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देललाई बुधबार एक कार्यक्रमकाबीच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरे ।
बैंकले उपलब्ध गराएको सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै उनीहरुको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने बैंकले विश्वास लिएको छ ।








प्रतिक्रिया