४ श्रावण २०८३, सोमबार

स्मार्टफोन पोको एक्स–८ सिरिज सार्वजनिक, कति पर्छ मूल्य ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स–८ सिरिजअन्तर्गत दुई स्मार्टफोन पोको एक्स–८ प्रो ५जी र एक्स–८ प्रो म्याक्स ५जी सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार पोको एक्स–८ प्रो ५जी मा फ्ल्यागसिप डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ । यसमा ६५००एमएएच पावरको ठूलो ब्याट्री, १००वाट हाइपरचार्ज र २७वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ । यसमा ५०एमपी मुख्य क्यामेरा, ८एमपी अल्ट्रावाइड क्यामेरा र २०एमपी को फ्रन्ट क्यामेरा भएकाले तस्वीर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिन्छ । डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२०एचजेट अल्ट्रा–ब्राइट एमोलेड स्क्रिन छ, जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ । यसबाहेक पोको एक्स–८ प्रो ५जी मा आईपी६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ ।

त्यस्तै, पोको एक्स–८ प्रो म्याक्स ५जी मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिएको छ । यसमा ८५००एमएएच क्षमताको शक्तिशाली ब्याट्री, १००वाट हाइपरचार्ज, २७वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ । यस स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२०एचजेट अल्ट्रा–ब्राइट एमोल्ड डिस्प्ले रहेकोछ । ५०एमपी मुख्य क्यामेरा, ८एमपी अल्ट्रा–वाइड क्यामेरा र २०एपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा पनि आईपी६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्दछ ।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, “पोको एक्स–८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन् । यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ । यसमा डुअल–लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्वीर खिच्न सकिनेछ ।”

पोको एक्स–८ प्रो ५जी दुई भेरियन्टमा उपलब्ध छ । ८जीबी २५६जीबी भेरियन्टको बजार मूल्य ६३,९९९ रुपैयाँ तोकिएको छ र १२जीबी ५१२ जीबीको मूल्य ७३,९९९ रुपैयाँ रहेको छ । यी दुवै भेरियन्टहरू कालो, हरियो र सेतो रङमा उपलब्ध छ ।

त्यसैगरी, एक्स–८ प्रो म्याक्स ५जी १२जीबी २५६जीबीको मूल्य ७९, ९९९ रुपैयाँ र १२ जीबी ५१२जीबीको मूल्य ८९,९९९ रुपैयाँ तोकिएको छ । यी दुवै भेरियन्टहरू निलो, कालो र सेतो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूको सुविधाका लागि पोकोले ९ महिनासम्मको इएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिएको छ । यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।