२९ असार २०८३, सोमबार

पूर्वमन्त्री खड्कालाई थुनामै राखेर अनुसन्धानको फाइल झिकाउन आदेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वउर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न अदालतले आदेश दिएको छ । आज सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका खड्कालाई थुनामै राख्न र अनुसन्धान फाइल झिकाउन आदेश दिएको हो ।

खड्काको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको हो।

सर्वोच्चले जिल्ला अदालतलाई समेत खड्कालाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ झिकाउन भनेको छ।

‘म्याद थपका लागि राजस्व अनुसन्धान विभागले गरेको अनुरोध र अदालतले म्याद दिँदाका सम्पूर्ण कागजातसहितको मिसिल तथा ललितपुर अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी २०८३ वैसाख ३ गते १२ बजेभित्रमा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ समेत झिकाइ प्रस्तुत रिट निवेदन २०८३ वैसाख ३ गतेका लागि नियमानुसार पेशी तोक्नू’, सर्वोच्चको आदेशमा भनिएको छ।

खड्कालाई हाल जे जुन अवस्थामा राखिएको छ, भोलि (बिहीबार) रिट निवेदनको सुनुवाई नभएसम्म सोही अवस्थामा राख्न पनि सर्वोच्चले थप आदेश दिएको छ। खड्कालाई सीआईबीले गत चैत १५ गते पक्राउ गरेको थियो।