२८ असार २०८३, आइतबार

सुलभ अग्रवाल र दीपक भट्टको घर र कार्यालयमा छापा, कागजात र सवारी साधन जफत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घर र कार्यालयमा सम्पत्ति शुद्वीकरण विभागले छापा मारेको छ ।

थप अनुसन्धानका लागि विभागले घरमा तथा हिमालयन रिइन्स्योरेन्स र इन्फिनिटी होल्डिङसको मुख्य कार्यालयमा छापा मारेको हो। छापा मारेर विभागले विभिन्न कागजात, मोबाइल, कम्युटर र सवारी साधन जफत गरेको छ ।

इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा देखिएको विभागले जानकारी दिएको छ ।

अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।