५ श्रावण २०८३, मंगलबार

को हुन् बिहारका मुख्यमन्त्री बन्न लागेका सम्राट चौधरी ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारले आज नयाँ मुख्यमन्त्री पाउँदैछ ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरी मुख्यमन्त्री बन्नेछन् । यहाँ पहिलोपटक भाजपा नेता चौधरी मुख्यमन्त्री बन्न लागेका हुन् ।

सम्राटले बिहान ११ बजे बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन् । सम्राट यसअघि उपमुख्यमन्त्रीको जिम्मेवारीमा थिए ।

सम्राटको जन्म नोभेम्बर १६, १९६८ मा मुंगेरको लखनपुर गाउँमा भएको थियो । २०२५ को चुनावमा तारापुर विधानसभा सिट जितेर उनी उपमुख्यमन्त्री बनेका थिए ।

सम्राटका बुबा शकुनी चौधरी सात पटक विधायक र सांसद भइसकेका छन् । उनकी आमा पार्वतीदेवी तारापुर निर्वाचन क्षेत्रबाट विधायक भइसकेकी छिन् ।

सम्राटले आफ्नो उच्च शिक्षा मदुरै कामराज विश्वविद्यालयबाट प्राप्त गरेका थिए ।