काठमाडौं । जारी आईपीएलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइटराइडर्सलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा चेन्नईले कोलकातालाई ३२ रनले पराजित गरेको हो । यो कोलकाताको चौथो हार हो ।
चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो ।
कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए भने कप्तान आजिख्य रहानेले २८, अंगक्रिश रघुबंशीले २७ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । चेन्नईका लागि सन्जु सामसनले सर्वाधिक ४८ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ४१ र आयुष मात्रेले ३८ रन बनाएका थिए ।
यो जितपछि चेन्नईको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । चेन्नई अंक तालिकामा आठौं स्थानमा छ ।
त्यस्तै, कोलकाताले भने ५ खेलमा चौथो हार बेहोरेको छ । कोलकाता एक अंकसहित तालिकामा पुछारमा छ ।







प्रतिक्रिया